हाँडीगाउँमा जात्रा मनाइयो



काठमाडौं,कात्तिक ३ । काठमाडौंको हाँडीगाउँमा जात्रा मनाइएको छ । कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि ३ दिनसम्म मनाइने यो जात्रा अन्य ठाउँभन्दा फरक हुन्छ ।

यो जात्रामा घुमाइने रथको बनावट फरक हुन्छ । अन्य रथहरूमा देवतालाई भित्र राखेर गजुर माथि हुन्छ तर हाँडीगाउँको जात्रामा गजुर मुनि र देवता माथि राखिने गरिन्छ । त्यही भएर यहाँको जात्रालाई ‘कहीँ नभएको जात्रा’ भनिएको हो ।

जात्रामा तीनओटा रथलाई लहरै राखेर नगर परिक्रमा गराइन्छ । नगर परिक्रमा गराउँदा रथको गजुर घुमाउने गरिन्छ । उक्त गजुर घुमाउँदा रथ सजाउन प्रयोग भएको मैनको बास्नादार फूल खस्ने गरेकाले टिप्नेको भीड लाग्ने गर्छ । यो फूल प्रसूति पीडामा रहेकी महिलालाई सुघाउँदा पीडा कम हुने विश्वास छ । 

प्रतिक्रिया दिनुहोस्