छहरे-टोखा सडकखण्ड अन्तर्गत शिवपुरीमा टिफर दुर्घटना, चालक घाइते



नुवाकोट,कात्तिक २ । छहरे-टोखा सडकखण्ड अन्तर्गत शिवपुरी आर्मी चेक पोइन्ट नजिकै टिफर दुर्घटना भएको छ।

शुक्रबार साँझ भएको दुर्घटनामा चालक घाइते भएका छन् । नुवाकोटबाट काठमाडौतर्फ जाँदै गरेको बागमती प्रदेशको २८९३ नम्बरको टिफर दुर्घटनामा चालक धादिङ घर भएका दिपक तामाङ घाइते भएका छन् ।

घाइतेको उद्धार गरी काठमाडौ पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्