रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं,कात्तिक २। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।
सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले रविमाथि कारबाही सिफारिस गरेको थियो । सहकारीबाट रकम रविले ल्याएको नभए पनि कम्पनीमा आएपछि खर्च गरेकोमा उनलाई दोषी ठहर्याइएको छ ।
आज कास्की प्रहरी प्रमुख आफैं रविलाई पक्राउ पुर्जी लिन जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए । अदालतमा उपलब्ध एक मात्र न्यायाधीश कृष्णजंग साहले पक्राउका लागि अनुमति दिएका हुन् ।