सुनको भाउले बनायो नयाँ रेकर्ड, एकै दिन २ हजार रुपैयाँले बढ्यो



काठमाडौँ,कात्तिक २ । सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको हो ।

बिहीबार यस्तो मूल्य १ लाख ६२ हजार ४०० रुपैयाँ रहेको थियो । आजका लागि निर्धारित मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो । 

चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ८० रुपैयाँ तोकिएको छ । बिहीबार यस्तो मूल्य १ हजार ९ सय ५० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्