हमास प्रमुख सिनवार मारिएको हुनसक्ने इजरायली सेनाको दाबी



काठमाडौं,कात्तिक २ । इजरायली सेनाले हमास प्रमुख याह्या सिनवार गाजा आक्रमणमा मारिएको हुनसक्ने बताएको छ ।

इजरायल डिफेन्स फोर्सले जारी गरेको एक प्रेस विज्ञप्तिमा मारिएका तीन जना ‘आतंककारी’को पहिचान पुष्टि हुन बाँकी रहेको उल्लेख छ । मृतक पहिचानका लागि शवबाट डीएनए परीक्षण भइरहेको बताइएको छ । 

गत अगस्टमा इरानको तेहरानमा तत्कालीन हमास प्रमुख इस्माइल हनियाहको हत्यापछि सिनवार हमासको प्रमुख नियुक्त भएका थिए । 

सिनवार हाल इजरायलको मोस्ट वान्टेड सूचीमा शीर्ष स्थानमा छन्। सन् २०२३ अगस्ट ७ मा हमासले इजरायलमा आक्रमण गरेयता हमासका केही प्रमुख नेता मारिएका छन् । बीबीसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्