अमेरिकी राष्ट्रपति निर्वाचन : अर्ली भोटिङ शुरु



काठमाडौं,कात्तिक २ । राष्ट्रपति निर्वाचन आउन तीन साताभन्दा कम समय बाँकी रहँदा अमेरिकाका १८ राज्यमा अर्ली भोटिङ शुरु भएको छ । 

तीमध्ये ३ राज्य (मिनेसोटा, दक्षिण डकोटा र भर्जिनिया)मा गत सेप्टेम्बर २० बाट मतदान शुरु भएको हो । 

हालसम्म मतदान शुरु गर्ने १८ राज्य 

मिनेसोटा – सेप्टेम्बर २०
दक्षिण डकोटा – सेप्टेम्बर २०
भर्जिनिया – सेप्टेम्बर २०
भर्मन्ट – सेप्टेम्बर २१
इलिनोइस – सेप्टेम्बर २६
मोन्टाना – अक्टुबर ७
नेब्रास्का – अक्टुबर ७
इन्डियाना – अक्टुबर ८
न्यू मेक्सिको – अक्टुबर ८
ओहायो – अक्टुबर ८
वायोमिङ – अक्टुबर ९
एरिजोना – अक्टुबर ९
जर्जिया – अक्टुबर १५
आयोवा – अक्टुबर १६
कन्सास – अक्टुबर १६
रोड आइल्याण्ड – अक्टुबर १६
टेनेसी – अक्टुबर १६
उत्तरी क्यारोलिना – अक्टुबर १७

यीबाहेक अन्य २५ राज्यमा भने नोभेम्बरअघि मतदान हुँदैछ । 

नोभेम्बरअघि मतदान शुरु गर्ने १८ राज्य

लुइसियाना (राष्ट्रपति) – अक्टुबर १८
वासिङ्टन – अक्टुबर १८
म्यासाचुसेट्स – अक्टुबर १९
नेभाडा – अक्टुबर १९ 
अलास्का – अक्टुबर २१
अर्कान्सस – अक्टुबर २१
कोलोराडो – अक्टुबर २१
कनेक्टिकट – अक्टुबर २१
इडाहो – अक्टुबर २१
दक्षिण क्यारोलिना – अक्टुबर २१
टेक्सास – अक्टुबर २१
हवाई – अक्टुबर २२
मिसौरी – अक्टुबर २२
उटाह – अक्टुबर २२
विस्कान्सिन – अक्टुबर २२
वेस्ट भर्जिनिया – अक्टुबर २३
मेरिल्याण्ड – अक्टुबर २४
डेलावेयर – अक्टुबर २५
फ्लोरिडा – अक्टुबर २६
मिशिगन – अक्टुबर २६
न्यू जर्सी – अक्टुबर २६
न्युयोर्क – अक्टुबर २६
कोलम्बिया जिल्ला – अक्टुबर २८
ओक्लाहोमा – अक्टुबर ३०
केन्टकी – अक्टुबर ३१

आगामी नोभेम्बर ५ मा हुन लागेको अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प उम्मेदवार छन् । ट्रम्प निवर्तमान राष्ट्रपति हुन् भने ह्यारिस हालकी उपराष्ट्रपति हुन् ।

पछिल्ला मत सर्वेक्षणले भने ह्यारिसले चुनाव जित्ने प्रक्षेपण गरेका छन् । युएसएटुडेको सहयोगमा

प्रतिक्रिया दिनुहोस्