हलको विकल्प खोज्ने निश्चलको चेतावनी



काठमाडौ,असोज ३० । अभिनेता एवं निर्देशक निश्चल बस्नेतले नेपाली चलचित्रलाई हलहरूले गरेको व्यवहारप्रति असन्तुष्टि  व्यक्त गरेका छन् । 

उनले सामाजिक सञ्जालमार्फत नेपाली चलचित्रले दर्शकको राम्रो साथ, प्रतिक्रिया र दर्शकको चाप बढिरहेको बेला पनि हलले भारतीय चलचित्रलाई मात्र प्राथमिकतामा राखेको गुनासो गरे ।

उनले लेखेका छन् , “राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ, राम्रो हुँदा पनि तपाईंहरू भारतीय चलचित्रलाई नै प्राथमिकता दिइराख्नु है, अकुपेन्सी आलु हुँदा पनि । म हलको विकल्पतिर लागेँ ।”

प्रतिक्रिया दिनुहोस्