गण्डकी प्रदेशमा कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा



पोखरा,असोज २९ । यो वर्षको बडादसैँको अन्तिम दिन आगामी कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कात्तिक १ गते प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा चाडपर्वको बिदा दिइएको सूचना प्रकाशन गरेको छ । प्रदेश सरकारले कोजाग्रत पूर्णिमा सहित यस वर्ष चैते दसैँ र भानु जयन्तीमा समेत बिदा दिएको थियो ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार बिदाको सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्