नुवाकोट शिवपुरी र ककनीको छ्हरे खोलामा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव भेटियो
नुवाकोट,असोज २९ । नुवाकोटको शिवपुरी खोलामा पौडी खेल्ने क्रममा एक जना बालकको शव भेटिएको छ।
सोमबार डुबेर बेपत्ता बालकको खोजी कार्य स्थानीय र प्रहरीले गरिरहेका थिए । शिवपुरी गाउँपालिका-८ सिम्लेमा आफन्तकोमा टीका लगाउन आएका वर्ष १० का सिशान तामाङलाई खोलाले बगाएको थियोे ।
प्रहरीका अनुसार काठमाडौंको नागार्जुन नगरपालिका-८ भिमढुंगाका दिनेश तामाङ र अप्सरा तामाङका छोरा सिशान बेपत्ता भएका थिए । स्थानीय, आफन्त र प्रहरीले खोजी गर्ने क्रममा डुबेको स्थानबाट केहि दुरीमा मंगलबार बिहान १०:३० मा शव फेला परेको छहरेस्थित अस्थायी प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक चन्द्रेश्वर यादबले बताए । जिल्लाबाट प्रहरी टोली आउने बित्तिकै मुचुल्काको तयारी भैरहेको उनले बताए ।