दसैँमा टीका लगाउन ससुराली आएका ज्वाइँको डुबेर मृत्यु



तनहुँ,असोज २७ । वडादसैँमा ससुरालीमा टीका लगाउन आएका एक व्यक्तिको आइतबार तनहुँमा मृत्यु भएको छ।

व्यास नगरपालिका व्यास नगरपालिका-६ श्याम्घामा  ४० वर्षीय नारायणप्रसाद पोख्रेलको  मादी नदीमा नुहाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । नवलपुरको गैंडाकोट नगरपालिका-२ घर हुनुभएका पोख्रेल आइतबार बिहान नदीमा नुहाउन गएका थिए ।

 नुहाउने क्रममा भुमरीमा परेर उनको मृत्यु भएको थियो। उनको शव करिब एक किलो मिटर तल फेला परेको थियो। घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस्