प्रथम पञ्चकन्या वडा कप फुटबल प्रतियोगितामा वडा नम्बर ४ विजयी



नुवाकोट,असोज २४। प्रथम पञ्चकन्या वडा कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । यही असोज २३ र २४ गते भएको वडा स्तरीय फुटबल प्रतियोगितामा वडा नम्बर ४ विजयी भएको छ ।

पञ्चकन्या ४ वडा र ३ वडा बीच भएको फाइनल खेलमा वडा नम्बर ४ ले ० को विरुद्ध ३ गोल गर्दै प्रतियोगितामा जीत  हासिल गरेको हो ।

पञ्चकन्या थ्री स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताको यही बुधबार गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले उद्घाटन गरेका थिए । विजयी खेलाडीलाई सम्मानपत्रसहित नगद प्रदान गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्