प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मेटलाइफ नेपालको सहयोग



काठमाडौं,असोज २४। मेटलाइफ नेपालले बाढीपहिरो प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बाढीपहिरोबाट प्रभावितको तत्कालको आवश्यकतालाई सम्बोधन गर्ने गरी उक्त सहयोग प्रदान गरिएको बताइएको छ ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले कम्पनीकोे ध्यान विपद्पछि संघर्ष गरिरहेका मानिशहरूलाई मद्दत गर्ने कुरामा रहेको बताए । उनले भने, ‘हामी आशा गर्छौं कि राहत कोषमा हाम्रो योगदानले जसलाई यसको सबैभन्दा बढी आवश्यकता छ उनीहरूलाई केही सान्त्वना र समर्थन गर्दै राहत र पुन:स्थापना प्रक्रियामा मद्दत पुग्नेछ ।’

प्रतिक्रिया दिनुहोस्