यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार होपफिल्ड र हिल्टनलाई



काठमाडौं,असोज २३ । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक जोन जे होपफिल्ड र बेलायती–क्यानडेली वैज्ञानिक जियोफ्री ई हिल्टनलाई प्रदान गरिने भएको छ । 

नोबेल पुरस्कार समितिले मंगलवार  उनीहरूलाई उक्त पुरस्कार दिने घोषणा गरेको हो । उनीहरूलाई कृत्रिम तन्त्रिका नेटवर्कका साथ मेसिन लर्निङलाई सक्षम बनाउने खोज तथा आविष्कारका लागि उक्त पुरस्कार दिइन लागिएको हो । 

यसअघि गत सोमवार नोबेल पुरस्कार समितिले चिकित्साशास्त्रतर्फको पुरस्कार अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई संयुक्तरूपमा प्रदान प्रदान गर्ने निर्णय गरेको थियो । उनीहरूलाई ‘माइक्रोआरएनए’को खोजका लागि उक्त पुरस्कार दिने निर्णय गरेको समितिले जनाएको छ । 

पुरस्कारको राशि एक करोड १० लाख स्वीडिश क्रोनर (१० लाख अमेरिकी डलर) छ । पुरस्कारअन्तर्गत रशायनशास्त्र विधाको विजेताको नाम अज बुधवार घोषणा हुनेछ । यस्तै, साहित्यतर्फको बिहीवार, शान्तितर्फको शुक्रवार र अर्थशास्त्रतर्फको विजेताको नाम सोमवार सार्वजनिक गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्