रसुवा र नुवाकोटको सिमाना सूर्यकुण्ड आसपास एक विदेशी युवतीको शव भेटियो
रसुवा,असोज २२ । रसुवा र नुवाकोटको सिमाना सूर्यकुण्ड आसपास एक विदेशी युवतीको शव भेटिएको छ । हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्याण्डकी २३ वर्षीय सोविन्का अग्निएस्ज्काको गएराति शव भेटिएको हो ।
रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार पोल्याण्डका राहदानी नं ‘एफई ३०५१८११’ की अग्निएस्ज्काको सूर्यकुण्ड आसपास क्षेत्रमा शव भेटिएको हो ।
नेपाली सेनाको श्रीनाथ गण र जिल्लास्थित नेपाल प्रहरीको सहयोगमा शव गोसाइँकुण्ड ल्याई मंगलबार बिहान हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ पठाइएको छ । घटनाबारे प्रहरीले थप!अनुसन्धान गरिरहेको छ