टोखा झोरमा उत्प्रेरणा समाज नेपालको पुस्तक विमोचन (भिडियो)



काठमाडौ,असोज २१ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा उत्प्रेरणा समाज नेपालद्वारा प्रकाशित जेष्ठ नागरिकको अनुभव र अनुभूति समेटिएको पुस्तक विमोचन गरिएको छ।

आइतबार झोरस्थित झरना पार्टी प्यालेसमा भएको एक समारोह बीच नगरका प्रमुख प्रकाश अधिकारीले पुस्तक विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै नगर प्रमुख अधिकारीले पुस्तकले विगतमा घटेका घटनाको संग्रह गरेको बताए । समाजमा रहेका बृद्धबृद्धाको कहानी समेटिएको पुस्तक भएकालेे ऐतिहासिक भएको समेत बताए ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष रमेशकुमार लामिछाने, समाजका अध्यक्ष कृष्णप्रसाद अधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, राजनीति पार्टी प्रतिनिधि, बृद्दबृद्धा लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रमको भिडियोहरु हेर्नुस् 

प्रतिक्रिया दिनुहोस्