नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा बाढीपहिरो पीडितका लागि खाद्यान्न सहयोग
काठमाडौं,असोज २१। नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बाढीपहिरो पीडितका लागि खाद्यान्न सहयोग गरेको छ ।
संघका अध्यक्ष विकास दुगडको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ३६० बोरा चामल, १०० ब्याग चिउरा, ४० ब्याग मसुर दाल र २० कार्टुन तोरीको तेल हस्तान्तरण गर्याे ।
उक्त सहयोगले प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनमा राहत मिल्ने संघको विश्वास छ ।