प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त



काठमाडौं,असोज २१ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतवार राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।  

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अनिवार्य अवकाश भएपछि राउतले सर्वोच्चको नेतृत्व पाएका हुन् । 

नवनियुक्त प्रधानन्यायाधीश  राउतले आइतबार नै राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।  

प्रतिक्रिया दिनुहोस्