झोरका एसईई उत्तीर्ण विद्यार्थी सम्मानित



झोर,असोज २० । टाेखा नगरपालिका वडा नम्बर १ ले आफ्नो सेवा क्षेत्रका २०८० सालको एसईई परीक्षा उत्तीर्ण विद्यार्थी सम्मान गरेको छ। शनिबार बौडेश्वर माध्यमिक विद्यालयमा एक कार्यक्रमको  आयाेजना गर्दै वडाले सम्मान गरेको हो।

कार्यक्रम टाेखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीकाे प्रमुख आतिथ्य र टाेखा नगरपालिका वडा १ का वडा अध्यक्ष रमेशकुमार लामिछानेकाे सभापतित्वमा भएको थियोे ।

कार्यक्रममा टाेखा १ भित्र रहेका बाैडेश्वर मावि, झाेर मंहाकाल मावि, पब्लिक अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय,त्रिवेणी सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका कुल ९९ जना विद्यार्थीलाई नगद तथा प्रसंशापत्रसहित सम्मान गरेको छ ।

कार्यक्रममा समाजसेवी किशोर अधिकारी,पब्लिक स्कुलका शिक्षक बिकास तिमिल्सिना, शिक्षक रमेश अधिकारी,त्रिवेणी सदनकारामहरि अधिकारी, बौडेश्वरमावीका घनस्याम खतिवडा, जिल्ला समन्वय समितिका राजकुमार विडारी लगायतको उपस्थिति रहेकोे थियोे ।

प्रतिक्रिया दिनुहोस्