एनसेलकी विशाखा खड्काले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
काठमाडौं,असोज १९ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएकी छन् ।
उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधाअन्तर्गत यो अवार्ड पाएकी हुन् । उनले सामाजिक क्षेत्रमा गरेका कामको योगदान गरेबापत यो अवार्ड पाएकी हुन् ।
‘यो हाम्रो टिम एनसेलले गरेको सामूहिक प्रयासको नतिजा हो । हामीले गरेका सामाजिक पहलले अन्तर्राष्ट्रिय मान्यता पाएकोमा धेरै खुसी छौं । एनसेल फाउन्डेसनको शुरुआतसँगै हामी सामाजिक पहलहरू मार्फत समुदायमा सकारात्मक र दिगो परिवर्तन ल्याउन, सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउन र दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि सरकारलाई सहयोग गर्ने हाम्रो यात्रालाई निरन्तरता दिन प्रतिबद्ध छौं,” खड्काले भनिन् ।
एनसेलले विभिन्न सामाजिक पहलमा रु २ अर्बभन्दा बढीको योगदान गरिसकेको छ । सामाजिक परियोजनामार्फत सामाजिक–आर्थिक विकासमा योगदान पुर्याएकोले एनसेल एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेको छ ।
वुमन्स ट्याब्लोइड अवार्ड्स मुख्यरूपमा महिला नेताहरू, प्रमुख कार्यकारी अधिकृतहरू, उद्यमीहरू र महिलाले सञ्चालन गरेका व्यवसायहरूमा केन्द्रित छ । वुमन्स् ट्याब्लोइड वैश्विक व्यावसायिक म्याग्जिन हो । यसले विभिन्न उद्योगमा महिलाहरूको उपलब्धि, चुनौती तथा योगदानबारे प्रकाश पार्छ ।