नेपाल चामल तेल दाल उद्योग संघको बाढी पीडितलाई सहयोग
काठमाडौं,असोज १९ । नेपाल चामल तेल दाल उद्योग संघले बाढीपहिरो पीडितहरूका लागि राहत सहयोग उपलब्ध गराएको छ ।
संघले बाढीपहिरो पीडितलाई दिनका लागि नेकपा एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यलाई १४० बोरा चामल र ४० बोरा मसुर दाल हस्तान्तरण गरेको संघका उपाध्यक्ष राहुल कुमार अग्रवालले बताए । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको उपस्थितिमा उक्त खाद्यान्न हस्तान्तरण गरिएको थियो ।
गत असोज ११ गतेदेखि दुई दिनसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरो आएको थियो । बाढीपहिरोका कारण देशभर १७ अर्बभन्दा बढीको क्षति भएको सरकारी तथ्यांक छ ।