दशैंको मुखैमा सुनको भाउले बनायो ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?



काठमाडौं,असोज १८ । दशैंको मुखैमा सुनको भाउले ऐतिहासिक रेकर्ड बनाएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँ वृद्धि भएको छ ।

योसँगै आजका लागि सुनको भाउ १ लाख ६१ हजार ३०० रुपैयाँ तोकिएको छ । जुन हालसम्मकै उच्च हो । यसअघि १ लाख ६१ हजार २०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार भने छापावाला सुनको भाउ १ लाख ६० हजार ९०० रुपैयाँ कायम भई खरिदबिक्री भएको थियो ।

यस्तै, साताको अन्तिम कारोबार दिन चाँदीको भाउ पनि महँगीएको छ । आज चाँदी तोलामा ३० रुपैयाँ वृद्धि भई २ हजार ९८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने १ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्