विदुर सिटि युथ क्लब प्रथम
नुवाकोट,असोज १८ । दसैँको अवसरमा आयोजित सामाजिक सद्भावको लागि मैत्रीपूर्ण फुटसलमा विदुर सिटि युथ क्लब प्रथम भएको छ ।
बिहिबार बट्टारमा भएको फुटसलको फाइनलमा विदुर सिटिले दारी ग्याङ्ग नुवाकोटलाई ४-१ गोल अन्तरले हराउँदै उपाधी हात परेको हो । दारी प्रतियोगितामा द्वितिय भए ।
विदुर सिटिका आशिष पौडेलले ३ गोल गरी खेलमा ह्याट्रिक गरे। यस्तै, विदुर सिटिका दिपेश तिमिल्सिनाले १ गोल थपे ।खेलको जवाफीमा दारीका शिव आलेमगरले १ गोल फर्काए ।
विजेता, उपविजेता र सहभागी समूहलाई विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी र एन्फा बागमती प्रदेशका महासचिव सुरजप्रसाद श्रेष्ठले संयुक्तरुपमा कप, मेडल र प्रमाण प्रदान गरे ।
प्रतियोगितामा विजेता र उपविजेतासहित काजी ग्रुप नुवाकोट र लायन्स क्लब अफ काठमाडौँ उर्जाशिल नुवाकोटको सहभागिता रहेको खेल संयोजक सुमन श्रेष्ठले जानकारी दिए ।