डीभी कार्यक्रमका लागि आवेदन दर्ता गर्ने कहिलेसम्म छ म्याद ?
काठमाडौं,असोज १८ । सन् २०२६ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता खुलेको छ ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार यही अक्टुवर २ बुधबार राति ९ः४५ बजे (नेपाली समयअनुसार)बाट आवेदन दर्ता खुलेको हो । आवेदन दर्ता नोभेम्बर ५ मा राति १०ः४५ बजे (नेपाली समयअनुसार) बजे बन्द हुनेछ ।
डीभी कार्यक्रमका लागि https://dvprogram.state.gov/ लिंकबाट आवेदन दिन सकिने दूतावासले जानकारी दिएको छ । साथै दूतावासले प्रतिव्यक्ति एउटा मात्रै आवदेन बुझाउन आग्रह गरेको छ । ‘एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन्,’ दूतावासले आफ्नो फेसबुक पेजमा लेखेको छ ।
दूतावासले डीभी कार्यक्रमका लागि हुने छनोट योग्य आवेदकहरूबाट निष्पक्षरूपमा गरिने जनाएको छ । यस कार्यक्रमबारे थप जानकारी travel.state.gov/dv लिंकबाट लिन सकिने दूतावासले जनाएको छ ।