नुवाकोट पञ्चकन्याकी पार्वती घिमिरे पौडेलकाे ‘काटाैँ दाउरा घाँस’ लोक गीत सार्वजनिक



नुवाकोट,असोज १६ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ की पार्वती घिमिरे पौडेलकाे ‘काटाैँ दाउरा घाँस’ गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।

पञ्चकन्याको प्राकृतिक, धार्मिक तथा पर्यटकीय स्थानको  वर्णन गर्दै तयार पारिएको लाेकगीतमा तिलक भट्टराई कल्पित र प्रभा खत्रीको स्वर रहेको छ । गीत प्रयास क्षेत्री र दिपु रिजालको निर्देशनमा बनेको हो ।

गीतको भिडियाेमा डाक्टर केबि पाैडेल, रितु बस्नेत, पार्वती घिमिरे पाैडेल लगायतका कलाकार तथा साहित्यकारलाई देख्न पाइन्छ । गीतमा पञ्चक्कन्या गाउँपलिका वडा नम्बर २ का अध्यक्ष रामशरण श्रेष्ठको समेत अभिनय रहेको छ ।

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्