फेरि बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?



काठमाडौं,असोज १६ । केहीदिन यता लगातर घटीरहेको सुनको भाउ वृद्धि भएको छ । बुधवार छापावाला सुनको भाउ तोलामा ८०० रुपैयाँ वृद्धि भएको हो ।

मंगलबार १ लाख ६० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज बढेर १ लाख ६० हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार गत सोमबार १ लाख ५० हजार ५०० रुपैयाँ र आइतबार १ लाख ६० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, साताका चौंथो कारोबार दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैयाँ वृद्धि भएको हो । योसँगै आजका लागि चाँदीको भाउ १ हजार ९३५ रुपैयाँ कायम भएको छ । तर, मंगलबार भने १ हजार ९२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्