नुवाकोट शिवपुरीमा सिप सिक्दै, कमाउदै, पढ्दै कार्यक्रम (भिडियो)



नुवाकोट,असोज १५ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा रहेको दुई विद्यालयमा विद्यार्थीलाई सिप सिक्दै, कमाउदै, पढ्दै कार्यक्रम अन्तर्गत खेर गइरहेको सामग्रीको प्रयोग गर्दै विभिन्न सजावटका सामग्री बनाउन तालिम दिइएको छ ।

शिवपुरी राष्ट्रिय निकुञ्ज गुर्जे भञ्ज्याङ् मध्यवर्ती उपभोक्ता समितिको सहयोगमा वडा नम्बर ६ को समुन्द्रादेवी माध्यमिक विद्यालय र कालिकादेवी माध्यमिक विद्यालय गुर्जेका बालबालिकालाई दिइएको दस दिने तालिममा ३० जना बालबालिकाको सहभागिता रहेकोे थियोे ।

पढाईसंगै थोरै बचेको समयमा खेर गइरहेको प्लास्टिक तथा खोस्टाको सहायताले विभिन्न प्रकारका फूल, फूलका गुच्छा, कक्षाकोठा तथा घर, गाडी सजावटका सामग्री निर्माण गर्न सकिने तालिमका सहजकर्ता सर्मिला नकर्मीले बताइन् ।

त्यस्तै विद्यालयका बालबालिकाले फुर्सदका समयमा निर्माण गरेका सामग्री स्थानीय सरकारले बिक्रीवितरण गर्ने जिम्मा लिएको वडा नम्बर ६ का अध्यक्ष बिष्णु श्रेष्ठले बताए । तालीम समापन समारोहमा वडा नम्बर ६ का वडा सदस्य कमल लामा, समुन्द्रादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र ढकाल, कालिकादेवी माध्यमिक विद्यालय गुर्जेका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिति रहेकोे थियोे ।

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्