मलेखुमा गएको सुख्खा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालन



काठमाडौं,असोज १४ । मलेखुमा सोमबार साँझ गएको पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ ।

धादिङको गजुरी गाउँपालिका–२, मलेखुस्थित पृथ्वी लोगमार्गमा सुक्खा पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको थियोे  । लगातार पहिरो पन्छ्याउने प्रयास भइरहेको र एकतर्फी सञ्चालनमा आएकोले ओभरटेक नगरी सवारीसाधन चलाउन जिल्ला प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ ।

पहिरो गएकाले गन्तव्य तर्फ लागेका सयौं सवारीसाधन बाटोमै रोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस्