चितवनमा महाधिवेशन गर्ने रास्वपाको निर्णय



काठमाडौं,असोज १३ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन चितवनमा गर्ने भएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

असोज पहिलो साता भएको राष्ट्रिय भेलाले पहिलो राष्ट्रिय महाधिवेशन २०८२ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरिसकेको थियो ।

चितवन रास्वपा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र हो । गएको संसदीय निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ जितेको ७ स्थानमध्ये २ स्थान चितवन हो । चितवन-१ मा सभापति रवि लामिछाने निर्वाचित हुँदा २ बाट नेता हरि ढकाल भारी मतका साथ निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्