बिदाई भए कुण्डला मावि भद्रुटारका शिक्षक रामबाबु मण्डल



नुवाकोट,असोज १३ । पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा अवस्थित कुण्डला माध्यमिक विद्यालयका शिक्षक रामबाबु मण्डल बिदाई भएका छन् ।

शिक्षक मण्डलले सो विद्यालयमा निरन्तर २७ बर्षसम्म विज्ञान र गणित विषय अध्यापन गरी अनिवार्य सेवा निवृत्त भइ विदा भएका हुन् ।

बिदाई कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शम्भु यादवले मायाको चिनो प्रदान गर्दै बाकी जीवन सुखमयको कामना गरे। बिदाई समारोहमा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेकोे थियोे ।

प्रतिक्रिया दिनुहोस्