झ्याप्ले खोलामा थप १२ वटा शव भेटिए, मृतकको संख्या २६ पुग्यो



काठमाडौं,असोज १३ । धादिङको झ्याप्ले खोलामा थप नौ वटा शव भेटिएका छन् । आइतबार बिहान ३ वटा शव निकालिएको थियो । आज भेटिएका शव मध्ये २ जना गोरखबाट शुक्रबार काठमाडौका लागि छुटेका बसका यात्रुहरु रहेको प्रहरीले जनाएको छ । बाँकी १२ जना नारायणगढबाट आएको हाइसका यात्रु रहेको उद्धारमा खटिएका र्याटका आशिस थापाले जानकारी दिए । 

शनिबार साँझ मात्रै सोहि स्थानमा बुटवलबाट आउँदै गरेको वीङ्गर भ्यानमा सवार १४ जनाको शव भेटिएको थियो । 

सोही स्थानमा शुुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौकालागि छुटेको ना ४ ख २२७० नम्बरको बस  पनि पुरिएको पुष्टि भएको छ । अहिले उद्धार जारी छ  । झ्याप्ले खोलामा अहिलेसम्म २६ वटा शव भेटिएका छन् । 

प्रतिक्रिया दिनुहोस्