लिखुका विद्यालय बन्द नहुने, परीक्षालाई निरन्तरता दिने



नुवाकोट,असोज १३ । लिखु गाउँपालिकाले विद्यालय बन्द नहुने जनाएको छ । अविरल वर्षाका कारण देशभर आर्थिक तथा भौतिक क्षति भएकाले विद्यालय बन्द गर्ने संघीय सरकारको निर्णय आएपनि विद्यालय बन्द नगर्ने जनाएको हो।

गाउँपालिकाको शिक्षा समितिको आकस्मिक बैठकले सेवा क्षेत्रमा वर्षाका कारण क्षति नभएकोले शैक्षिक क्यालेन्डर अनुसार चलिरहेको दोस्रो त्रैमासिक परीक्षालाई निरन्तरता दिने निर्णय भएको शिक्षा शाखा प्रमुख शेरसिंह रावतले बताए ।

शिक्षा प्रमुख रावतले भने- ‘हिजो र अस्ति परेको अविरल वर्षाको कारण लिखु गाउँपालिकाकामा विद्यालयहरु संचालन गर्न खासै समस्या नपरेको, तथा मौसममा सुधार समेत भैसकेकाले तत्काल विद्यालय विदा नगर्ने भनिएको छ।’

गाउँपालिकाका विद्यालयहरुमा यहीँ असोज ९ गतेदेखि दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्