चांगानले पोखरामा सार्वजनिक गर्‍यो दिपल ईभी



पोखरा,असोज १३। नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले पोखरामा दिपल ईभी सार्वजनिक गरेको छ । 

शुक्रवार पोखरामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दु कुमार थापा, नेपालका पूर्वक्रिकेटर तथा दिपल ईभीका ब्रान्ड एम्बास्डर पारस खड्का, चांगानको पोखरा डिलर हिमालय अर्गनाइजेसनकी संस्थापक मिलन थापा तथा डाइरेक्टर सौरभ थापाले दिपल एस ०७ र एल ०७ ईभी सार्वजनिक गरे । 

कार्यक्रममा चांगान नेपालका मार्केटिंग हेड रमेश दनेखूले एमएडब्लु ग्राहक सन्तुष्टिमा प्रतिबद्ध रहेको बताए । उनले गाडीको डिजाइन र प्रविधिका कारण ग्राहक सन्तुष्ट रहेको दाबी गरे । 

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकरलगायत १५ भन्दा बढी फस्ट टाइम फिचर छन् । यही कारण यो ईभी नेपाल बजारमा लोकप्रिय भएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्