नुवाकोट लिखुमा फेला परेको शव पहिचानको लागि प्रहरीले सार्वजनिक गर्‍यो मृतकको तस्बिर



नुवाकोट,असोज १३ । जिल्लाको लिखु गाउँपालिकामा फेला परेको शव पहिचानको लागि जिल्ला प्रहरी कार्यालयले मृतकको तस्बिर सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले शनिबार साँझ एक सूचना सार्वजनिक गर्दै मानिस सनाखतको लागि सबैलाई अनुरोध गरेको हो।

सूचनामा भनिएको छ-“मिति २०८१/०६/१२ गते अन्दाजी १६:३० बजेको समयमा जिल्ला नुवाकोट लिखु गाँउपालिका वडा नं. ५ शेरा मोहन स्थित लिखु खोलाको किनारमा नाम,थर ,वतन नखुलेको अं.३७ बर्षको जस्तो देखिने, उचाई ५ फिट ५ ईन्च भएको एक पुरुष ब्यक्तिको लाश लिखु खोलाले बगाई ल्याई किनार लगाई राखेको अवस्थामा फेला परेको हुँदा मृतक लाश सनाखत तथा पहिचान हुन नसकेको हुँदा निम्न हुलिया भएको व्यक्तिलाई चिन्नु भएमा नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय नुवाकोटको सम्पर्क नं. १००, ९८५१२८२८११, ९८५१२५३७२४ मा जानकारी गराई मानिस सनाखत कार्यमा सहयोग गरिदिनु हुन अनुरोध गरिएको छ ।”


प्रतिक्रिया दिनुहोस्