नुवाकोटको लिखुमा बेवारिसे शव फेला



नुवाकोट,असोज १२ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ५ शेराको मुहानस्थित लिखु खोलाको बिच बगरमा बेवारिसे शव फेला परेको छ ।

शनिबार दिउँसो नाम, थर, वतन नखुलेको अन्दाजी ३५ वर्षको पुरुष ब्यक्तिको शव फेला परेको छहरे अस्थायी पोस्टका प्रहरी सहायक निरीक्षक चन्द्रेश्वर यादवले बताए ।

अविरल वर्षासंगै आएको बाढीले अन्यत्र ठाउँबाट शव बगाएर ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्