झ्याप्ले खोलामा बस र माइक्रो पुरिँदा १४ जनाको मृत्यु



काठमाडौं,असोज १२। काठमाडौं र धादिङको सिमाक्षेत्रमा पर्ने झ्याप्ले खोलामा एउटा बस र माइक्रोबस पुरिँदा १४ जनाको मृत्यु भएको छ ।

पहिरोले पुरिएको अवस्थामा लु‍‍.१ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ जना र बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

बसको नम्बर खुलेको छैन । घटनास्थलमा प्रहरी वृत थानकोटका डीएसपी सुर्यप्रसाद सुवेदी नेतृत्वको टिम खटिएका छन् ।

दिउँसभर वर्षा भएर लेदो बगिरहेपछि पहिरो पन्छाउन समस्या भएको थियो । शनिबार बिहान पहिरो जाँदा झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्