नुवाकोटको पहिरेबेशीमा रहेको रिभरसाइड रिसोर्टलाई बाढीले पुर्यायो क्षति



नुवाकोट,असोज १२ । जिल्लाको किस्पाङ गाउँपालिका वडा नम्बर ५ पहिरेबेशीमा रहेको रिभरसाइड रिसोर्टलाई बाढीले क्षति पुर्याएको छ ।

अविरल बर्षासंगै त्रिशुली नदिमा आएको बाढीले स्थानीय डाँडाथोक बस्ने वर्ष ६० को सुब बहादुर तामाङले संचालन गरेको रिभर साईड रिसोर्ट एण्ड रेष्टुरेण्टमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

बाढीले आधा भवन बगाएर लगेको तर मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्