नुवाकोटको बेलकोटगढीमा पहिरोले घर पुरियो, आधा दर्जन पशुचौपाया मरे



नुवाकोट,असोज १२ । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ केउरीपानीमा अविरल वर्षासंगै गएको पहिरोले स्थानीय भुवनेश्वर खतिवडाको घर पुरेको छ ।

शनिबार दिउँसो गएको पहिरोले घर पुरिदा खतिवडाको गोठमा रहेको ४ वटा बाख्रा र २ वटा गाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

पहिरोमा परी स्थानीय बर्ष ४० की सरस्वती खतिवडाको निधारमा चोट लागि सामान्य घाईते अवस्थामा उद्दार गरी उपचारको लागि त्रिशुली अस्पताल  पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्