दोलखाको भीमेश्वरमा पहिरोमा परि एकै परिवारको तीन जनाको मृत्यु



दोलखा,असोज १२ । अविरल वर्षापछि गएको पहिरोमा परेर दोलखाको भीमेश्वर नगरपालिका –६ मा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । सदरमुकाम चरिकोटस्थित सिमपानीमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ । एक जना बालकको जिबितै उद्दार गरिएको छ ।

शनिबार दिउँसो सदरमुकाम चरिकोटस्थित सिमपानीको पानी ट्याङ्कीनजिक घ्याङचौरमा राजकुमार भुजेलको घर पहिरोले पुर्दा राजकुमार उनकी श्रीमती राधिका भुजेल र १५ वर्षीय छोरा सुजन भुजेलको मृत्यु भएको प्रहरिले जनाएको छ ।

पहिरोमा पुरिएका राजकुमार र उनकी पत्नी राधिकाको शव पहिरोस्थलबाट निकालिएको र घाइते अवस्थामा भेटिएका सुजनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रमुख युवराज खड्काले बताए । प्रहरी र स्थानीयहरुको सहयोगमा भुजेल दम्पतीका २ वर्षीय नाबालक छोराको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्