नुवाकोटको भद्रुटारमा ग्यासको सिलिन्डर लिक भई आगोलागि हुँदा लाखौंको क्षति



नुवाकोट,असोज १२ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार स्थित गिरी टोलमा ग्यासको सिलिन्डर लिक भई आगोलागि हुँदा लाखौंको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो १२:३० बजेको समयमा स्थानीय बर्ष ३२ को दिपक गिरीको कुखुराको खोरममा ग्यास सिलिन्डर लिक भई आगोलागि हुँदा सो खोरमा रहेको तेह्र सय पचास वटा कुखुराको चल्ला, १० बोरा कुखुराको दाना सरसामान भाडा बर्दन जलेर नष्ट भएको छ ।

घटनामा मानवीय क्षति हुनबाट भने जोगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्