मनाङमा हिमपात



मनाङ,असोज १२ । देशभर वर्षा भइरहँदा मनाङमा भने यस सिजनको पहिलो हिमपात भएको छ । एकातिर हिमपातका कारण नार्पाभूमि गाउँपालिकाका बासिन्दा प्रभावित बनेका छन् भने अर्कोतिर पर्यटकलाई होल्ड गरेर राखिएको छ । 

शुक्रबार १ सय ८ र शनिबार ६७ पर्यटक मनाङका विभिन्न स्थानमा पुगेका छन् । प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले पर्यटकलाई आवश्यक सूचना लिएर मात्र गन्तव्य तय गर्न सुझाएको बताए । उनले भने, ‘सबै सुरक्षा निकायलाई स्थिति आङ्कलन गर्न र सूचना सङ्कलन गर्न निर्देशन गरेका छौँ ।’ 

प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार नार्पाभूमिका ग्रामीण बस्ती साथै मनाङ ङिस्याङ गाउँपालिका केन्द्र हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिमपात भएको छ । चक्रीय अन्नपूर्ण पदमार्गको थोलाङला क्षेत्र र तिलिचोताल क्षेत्रमा बाक्लो हिमपात भएको छ ।

प्रतिक्रिया दिनुहोस्