वर्षाकै बीच हुम्ला केन्द्रविन्दु भएर भूकम्पको धक्का



काठमाडौँ,असोज १२ । निरन्तरको वर्षाकै बीचमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार हुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

हुम्लाको हेप्का केन्द्रबिन्दु भएर गएराति ११ बजेर ३६ मिनेट जाँदा ३ दशमलब ९ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ । निरन्तर वर्षा भैरहेकाले क्षतिको बारेमा कुनै जानकारी प्राप्त भएको छैन ।

रातिको समयमा भूक्म्प गएका कारण धेरैले भने धम्का महशुष गर्न नपाएको स्थानीय प्रशासनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्