धनकुटामा पहिरोले घर बगाउदा दुईको मृत्यु



धनकुटा,असोज १२ । धनकुटाको पाख्रिवासमा पहिरोले घर बगाउदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाख्रिवास नगरपालिका वडा नम्वर पाँच गुराँसे डाँडाको ३५ वर्षीय आषा तामाङ्ग र उनकी आमा करिब ५० वर्षीय राम कुमारी तामाङ्ग रहेका छन् । बिहान करीब साढे तीन बजे तिर घर बगाउन लागे पछि घरमा रहेको सामान निकाल्न गएको आमाछोरीको पहिरोले पुरेर  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काले जानकारी दिए  ।

यता धनकुटाको छथर जोरपाटी गाँउपालिका ६ सिधुवामा पहिरोले गोठ पुरिदा एक दर्जन बढि चौपाया पुरेको स्थानीय अर्जुन घिमिरेले जानकारी दिए । सिधुवा बजार पछाडी वाट गएको पहिरोको कारण बजारका केहि घर समेत जोखिममा परेका छन् ।  

प्रतिक्रिया दिनुहोस्