वर्षाका कारण कुलेखानी जलविद्युत केन्द्रको बाँधको एउटा ढोका खोलियो



मकवानपुर,असोज १२ । मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशयले निरन्तरताको वर्षाका कारण ‘सतर्कता तह पार’ गरेपछि बाँधको एउटा ढोका खोलिएको छ।

सतर्कता तह पार भएसँगै शनिबार बिहानै एउटा ढोका खोलिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए। उनका अनुसार यसबाट ४० सेमि पानी बाहिरिरहेको छ। पानीको उच्च प्रवाह भइरहेकाले बाँधका अरु ढोका पनि खोल्नुपर्ने अवस्था आएको उनले बताए। 

बाँध खोलेपछि तयारी गरिँदै गर्दा बागमती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रभावित हुनसक्ने अरु जिल्लाका प्रमुख अधिकारीसँग पनि निरन्तर सम्पर्कमा रहेको चिलुवालले जानकारी दिए। कुलेखानीको गेट खोल्दा कुलेखानीको पानी सिस्नेरी खोला हुँदै बागमती नदीमा मिसिन्छ। 

प्रतिक्रिया दिनुहोस्