मुग्लिङ–काठमाडौं सडक खण्डको झ्याप्ले खोलामा बस पुरियो



काठमाडौं,असोज १२ । मुग्लिङ–काठमाडौं सडक खण्डको झ्याप्ले खोलामा पहिरोले बस पुरिएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेका अनुसार विस्तृत जानकारी आइनसके पनि त्यहाँ बस पुरिएको खबर भने प्राप्त भएको छ । बसमा सवार कति थिए र उनिहरुको अवस्थाबारेमा भने पूरा जानकारी आइसकेको छैन ।

बिहिबारदेखिको लगातारको वर्षा भोलि आइतबारसम्मै हुने भएको छ । मौसमविदहरुका अनुसार वर्षा गराउने प्रणाली बागमती र गण्डकी प्रदेश आसपास केन्द्रित भएको छ । त्यसैले आज दिनभर नै निरन्तर झरी पर्ने छ । झरीका कारण देशभरको जवजीवन अस्तव्यस्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस्