सर्लाहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



सर्लाही,असोज ११ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा शुक्रबार दिउँसो टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

हरिवन नगरपालिका–११, बासाटोलस्थित चिनीमिल अगाडि भएको दुर्घटनामा मोटरसाइकल चालक हरिवन–७, घर भएका ४२ वर्षीय दीपक अधिकारीको मृत्यु भएको हो ।

बागमती प्रदेश ०२–०३७ प ४४०१ नम्बरको मोटरसाइकलमा सवार अधिकारीलाई शुक्रबार दिउँसो ३ बजेतिर हरिवनबाट नवलपुरतर्फ आइरहेको प्रदेश २–०३–००१ क ११३७ नम्वरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । उनी सवार मोटरसाइकल क्षतिग्रस्त छ ।

मोटरसाइकललाई ठक्कर दिने टिपर र त्यसका चालक प्रहरीको नियन्त्रणमा छन् । मृतकको शव नमूना अस्पताल हरिवनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्