वर्षाका कारण मुग्लिन–नारायणगढ सडक रातभर बन्द



काठमाडौ,असोज ११ । निरन्तर वर्षा भएपछि मुग्लिन–नारायणगढ सडक खण्ड शुक्रबार साँझदेखि शनिबार बिहानसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । 

सम्भावित जोखिमलाई ध्यान दिएर बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 

भारी वर्षाले गर्दा पहिरोको जोखिम उच्च रहेको भन्दै जिल्ला सुरक्षा समितिले नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा गाडी चलाउन नपाइने भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए। 

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिनेछ । यो सडक खण्डको कालिखोला, घुमाउने, सिमलताल लगायतको स्थानमा पहिरोको जोखिम छ । साना पहिरो गए पनि अहिले सडक अवरुद्ध हुनेगरी पहिरो नखसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

साँझ ७ बजेदेखि बिहानसम्म पूर्णरुपमा निषेध गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । आपतकालीनका सवारी साधन बाहेक कुनै पनि साधन चलाउन नपाइने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्