छहरे-टोखा सडक-खण्ड गुड्ने  सवारी चालकलाई प्रशिक्षण



नुवाकोट,असोज ११ । छहरे-टोखा सडकखण्ड भएर गुड्ने सवारीका चालकलाई प्रशिक्षण दिइएको छ ।

टिमुरे यातायात प्रालिको आयोजना तथा जिल्ला ट्राफिक कार्यालय नुवाकोटको सह–आयोजनामा चालकलाई प्रशिक्षण दिएको बताइएको छ ।

प्रशिक्षणमा चालक तथा मजदुरहरुलाई पेशाप्रति सचेत र जिम्मेवार बनाउन तथा यातायात क्षेत्रलाई मर्यादित र अनुशासित बनाई समाजमा सुरक्षित यात्रा प्रदान गर्न अनुरोध गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्