दशैँमा विदेश घुम्न जाने योजनामा हुनुहुन्छ ? यस्ता छन् ट्राभल्स एजेन्सीका प्याकेज



काठमाडौं,असोज ११। पछिल्ला वर्षहरुमा दशैँको बेला घुम्न जाने प्रचलन बढ्दै गएको छ । दशैँको समय हुने लामो बिदाको सदुपयोग गर्नका लागि देश विदेश घुम्न निस्कने नेपालीको संख्या बढ्दो छ । खास गरी घुम्न जाने मुख्य सिजन अक्टोबरदेखि सुरू हुन्छ । यही समयमा मुख्य चाडपर्व सुरू हुने गर्छ । त्यसो हुँदा पनि नेपालीहरूले चाडपर्वको बिदालाई घुम्न जानका निमित्त सदुपयोग गर्ने गरेका छन् । वर्षभरीको कामको थकान मेट्न र रिफ्रेसमेन्ट हुनका लागि पनि घुम्न जाने प्रचलन बढ्न थालेको हो ।

नेपालीहरू घुम्नका लागि विदेश जाने क्रम पनि उत्तिकै बढ्दो छ । नेपालीहरू थाइल्याण्ड, इन्डोनेसिया, श्रीलंका, माल्दिभ्स, सिंगापुर, दुबई, युरोप लगायतका देशहरू घुम्न जाने गरेका छन् । यी बाहेक भियतनाम, मलेसिया लगायत देश पनि नेपालीको आकर्षणको केन्द्र बन्ने गरेको छ । छिमेकी मुलुकका विभिन्न पर्यटकीय ठाउँहरूको अवलोकनमा पनि नेपालीहरू लालायित हुने गरेका छन् ।

यो समयमा घुम्न जानेको संख्या बढ्दो छ । देश हेरेर ७० हजार देखिको प्याकेज सुरू हुन्छ । ट्राभल एजेन्सीहरुले पनि चाडवाडको बेला विभिन्न टूर प्याकेजका अफर ल्याउने गरेका छन् ।

दार्जिलिङ- दुबई टुर

दृश्य ट्राभल्स एण्ड टुर्सले दशैँको अफरमा दार्जिलिङ दुबई टुर प्याकेज ल्याएको छ । ४ रात पाँच दिनको भ्रमणमा रमाइलो दृश्यहरू अवलोकन गर्न पाइनेछ ।  ८९ हजार ९९९ रुपैयाँदेखि खर्च सुरू हुनेछ ।

चीन

एस ट्राभल्सले ४ रात पाँच दिनको काठमाडौं चीन उडान प्याकेज ल्याएको छ ।  एक लाख ४९ हजार ९०० रुपैयाँमा गर्न सकिने भ्रमणको पहिलो दिन काठमाडौंदेखि बेइजिङ उडान गर्न सकिनेछ ।  दोस्रो दिन बेइजिङ शहर, तेस्रो दिन बेइजिङ- ग्रेट वाल टूर, चौथो दिन बेइजिङदेखि शंघाई – हाई स्पीड बुलेट ट्रेन, पाचौं दिन सांघाई- जेड बुद्ध मन्दिर, छैटौं दिन सांघाई- जुजियाजिओ र सातौ दिन सांघाईदेखि काठमाडौं फर्किने सकिनेछ ।

दुबई

४ रात ५ दिनको दुबई भ्रमणमा ७० हजार पाँच सय रुपैयाँ लाग्नेछ ।  दुबई विश्वकै पर्यटकीय तथा सुविधासम्पन्न सहर बन्दै गएको छ।  यहाँ एसियाकै अग्लो ‘बुर्ज खलिफा टावर’ छ । एक सय ६३ तला (आठ सय २८ मिटर) उचाइ भएको टावरबाट पाम जुमेरा हेर्न सकिन्छ । दुबईको लागि विभिन्न प्याकेज ल्याएका छन् ।

थाइल्याण्ड

विश्वको उत्कृष्ट गन्तव्यहरू मध्ये एक थाइल्याण्ड पनि हो । बैंकक, पटायाको समुद्र तटहरू, कोरल आइल्याण्ड टुर लगायत सुन्दर नगरीको भ्रमण गर्न सकिनेछ । पाँच दिन ४ रातको भ्रमणका लागि एस ट्राभल्सले ८२ हजार २०० रुपैयाँमा प्याकेज ल्याएको छ । ग्रेस होलिडेजले भने ६७ हजार पाँच सय रुपैयाँको प्याकेज ल्याएको छ ।

माल्दिभ्स टुर

माल्दिभ्स घुमघामको लागि उत्कृष्ट गन्तव्य मानिन्छ ।  माल्दिभ्स सेतो चखिला बालुवा र पानीले भरिएको समुन्द्र तटहरू, चट्टानमा खेलिरहेका थरीथरीका माछाहरू, क्रिस्टलीय धातु, पाम-फ्रिन्ड टापु, आकर्षक वाटर भिलाहरु विश्वभर लोकप्रिय छन् । यहाँ सामान्यतया एक लाख रुपैयाँभन्दा बढी नै खर्च लाग्ने गर्छ ।

होलिडेज टु नेपाल माल्दिभ्स ३ रात – ४ दिनका लागि १ लाख ५० हजार रुपैयाँ लिने गरेको छ । त्यस्तै ग्रेस होलिडेजले १ लाख १९ हजार ५०० सय रुपैयाँमा माल्दिभ्स घुमाउन लैजाने प्याकेज ल्याएको छ ।

बाली (इण्डोनेसिया)

इन्डोनेसियाको बाली पनि घुम्नको लागि आकर्षकको केन्द्र बनेको छ । बालीको सबैभन्दा लोकप्रिय पर्यटकीय क्षेत्र,  हो कुटा ।  यो लोभलाग्दो समुन्द्री तट र ठूला छालहरूको लागि परिचित छ । ठूला बजार किनमेल हब, समुन्द्र तट बार, रेस्टुरेन्ट, क्यासिनोर क्लबहरु छन् ।

चार रात र पाँच दिनको भ्रमणका लागि एक लाख ३० हजार रुपैयाँको प्याकेज पर्न जान्छ ।

गोवा

गोवा नेपालीहरुको लागि घुम्न जाने नजिकको गन्तव्य हो । यहाँको आकर्षण भनेको पालोलेम तटको शान्तप्रिय वातवारण, समुन्द्री तटको छाल, ठूला क्यासिनो, बागा समुन्द्री तटमा वाटर स्पोर्ट्सको आनन्द, दूध सागरको झरना र टीटो नाइट क्लब हो ।

३ रात ४ दिनमा गर्न भ्रमण गर्न सकिने गोवाका लागि प्याकेजमा जाँदा प्रतिव्यक्ति २५ देखि ५५ हजार रुपैयाँ लाग्छ ।

माल्दिभ्स र श्रीलंका कम्बो टुर

दशैँलाई लक्षित गरेर शिखर होलिडेजले माल्दिभ्स र श्रीलंका कम्बो टुर ल्याएको छ । दशैँ विदामा आफ्नो परिवार, साथीभाई ,जीवनसाथी र मनपरेको व्यक्तिसँग विदेश घुम्ने सोच बनाउनु भएको छ भने यो गन्तव्य उत्कृष्ट हुन्छ । ६ रात ७ दिनमा घुम्न सकिन्छ भने एक लाख ५० हजारदेखि माथि खर्च लाग्नेछ । यहाँका रमणीय स्थानहरूको अवलोकन गर्न सकिनेछ ।

भियतनाम

कान्तिपुर होलिडेजले दशैँमा स्पेसल अफरसहित भियतनाम टुर अफर ल्याएको छ । यो ४ रात ५ दिन अवधिको यात्रा हो । एक लाख १० हजारको प्याकेजमा भियतनामका रमणीय परिदृश्य र विविध भू-भागको साथ, संसारमा सबैभन्दा लुभावनी झरनाहरूको अवलोकन गर्न सकिनेछ । अग्लो बान जिओक झरनादेखि शान्त पोंगौर झरनासम्मको प्राकृतिक सौन्दर्य र शान्ति वातावरणले  एक अद्वितीय मिश्रण प्रदान गर्दछ।

बालीसिंगापुर, मलेसिया कम्बो टुर

शिखर होलिडेजले दशैँलाई लक्षित गर्दै बाली, सिंगापुर र मलेसिया भ्रमणको कम्बो प्याकेज ल्याएको छ । ९ रात १० दिनको भ्रमणमा १ लाख ३४ हजार ५०० रुपैयाँमा यात्रा तय गर्न सकिन्छ । यी ठाउँ घुम्न जाने योजनामा हुनुहुन्छ भने शिखर होलिडेज तपाईंको रोजाइ बन्न सक्छ।

यी बाहेक विभिन्न ट्राभल एजेन्सीहरूले टुर प्याकेज ल्याएका छन् । प्याकेज अनुसार आफ्नो गन्तव्य तय गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्