काठमाडौं उपत्यकाका ५ विद्यालयमा इजरायलका ३८ जनाले गरे स्वयंसेवा



काठमाडौं,असोज ११ । इजरायली गैरसरकारी संस्था ‘हिरोज फर लाइफ’का ३८ जनाले काठमाडौं उपत्यकाका पाँच विद्यालयमा दुई साता स्वयंसेवा गरेका छन् । 

ती स्वयंसेवकहरूले गत भदौ २८ देखि आज (असोज १० गते)सम्म विद्यालयको शैक्षिक वातावरण र पूर्वाधार सुधारमा काम गरेको काठमाडौंस्थित इजरायल दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

ती स्वयंसेवकहरूको स्वागतमा इजरायली दूतावासले गत सोमवार काठमाडौंमा कार्यक्रम आयोजना गरेको थियो । ‘हिरोज फर लाइफ’ले सन् २०१७ देखि नेपालमा स्वयंसेवा शुरु गरेको हो । संस्थाले विश्वका १८ देशमा काम गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्