हस्तकला ग्राम स्थापना तथा सञ्चालनसम्बन्धी विधयेक पारित



काठमाडौं,असोज ११। बागमती प्रदेश सभाले हस्तकला ग्राम स्थापना तथा सञ्चालनसम्बन्धी विधयेक पारित गरेको छ । विधेयक पारित भएसँगै बागमती प्रदेशका ११९ पालिकामा हस्तकला ग्राम स्थापना गरी सञ्चालन गर्ने बाटो खुलेको छ ।

हस्तकला ग्राम स्थापना गरी सञ्चालन गर्नका लागि पहल र पैरवी गर्दै आएको नेपाल हस्तकला महासंघले विधेयक पारित भएसँगै खुसी व्यक्त गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै विधेयक पारित गर्न भूमिका खेल्नेप्रति पनि आभार व्यक्त गरेको छ । 

महासंघले हस्तकला उद्योग व्यवसायको समष्टीगत विकास र विस्तारका लागि हस्तकला ग्राम स्थापना कोशेढुंगा हुने अपेक्षा गरेको छ । साथै महासंघले विधेयक अन्तर्गतका कानून, नियमावली र निर्देशिकाहरू तर्जुमाका साथै हस्तकला ग्राम स्थापनाका लागि आर्थिक स्रोत व्यवस्थापन चाडो हुनेमा आशासमेत व्यक्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस्